काँग्रेसले टुंगो लगायो राष्ट्रिय सभाका १० उम्मेदवारको नाम « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

काँग्रेसले टुंगो लगायो राष्ट्रिय सभाका १० उम्मेदवारको नाम


२३ पुस २०८०, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसले राष्ट्रिय सभाका १० जना उम्मेदवारको टुंगो लगाएको छ। 

 काँग्रेसले लामो रस्साकस्सीपछि आज बिहान उम्मेदवार चयन गरेको हो ।  

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकका अनुसार कोशीमा कृष्णप्रसाद सिटौला र मधेसमा आनन्द ढुङ्गानालाई उम्मेदवार बनाउने निर्णय गरेको हो। 

यस्तै, बागमती प्रदेशको अन्यतर्फ काँग्रेसले जितजंग बस्नेत र महिलातर्फ विष्णुकुमारी पुडासैनीलाई उम्मेदवार बनाउने भएको छ।

यस्तैगरी, गण्डकी प्रदेशको अन्यतर्फ किरणबाबु श्रेष्ठ, अपाङ्गतर्फ पदमबहादुर परियार र लुम्बिनीको महिलातर्फ विष्णुकुमारी सापकोटालाई उम्मेदवार बनाउने निर्णय भएको लेखकको भनाइ छ। 

कर्णालीको अन्यतर्फ कृष्णबहादुर रोकाया र सुदूरपश्चिमको अन्यमा बलदेव बोहरा र अपाङ्गतर्फ नारायणदत्त भट्टलाई उम्मेदवार बनाउने निर्णय भएको छ। 

Tags :
प्रतिक्रिया दिनुहोस