अब पशुपतिमा हुने आरती र दीप प्रज्वलनको भिडियो खिच्न नपाइने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

अब पशुपतिमा हुने आरती र दीप प्रज्वलनको भिडियो खिच्न नपाइने


१९ पुस २०८०, बिहिबार


काठमाडौँ । पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गङ्गा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न नपाइने भएको छ । 

पशुपति क्षेत्र विकास कोषले बिहीबार एक सूचना जारी गर्दै  गङ्गा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न नदिने जानकारी गराएको हो । 

यस्तै सो क्षेत्रमा खिचिएका भिडियो सामग्री फेसबुक, इन्ष्टाग्राम, टिकटक तथा युट्युबमा व्यावसायिक प्रायोजनका लागि राखिएमा डिजिटल कपिराईट ऐन अन्तर्गत कारबाही हुने जानकारी दिएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस