१८ लाख भन्दाबढी नक्कली नोटसहित एक जना पक्राउ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

१८ लाख भन्दाबढी नक्कली नोटसहित एक जना पक्राउ


१९ पुस २०८०, बिहिबार


पक्राउ

रौतहट । रौतहटमा १८ लाख भन्दाबढी नेपाली नक्कली नोट सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटमा बिहीवार आयोजित पत्रकार सम्मेलनमा गुजरा नगरपालिका ५ का २५ वर्षीय सन्दीप यादवलाई सार्वजनिक गरिएको हो। 

उनको साथबाट नेपाली १ हजार दरको १८ सय ४३ थान अर्थात १८ लाख ४३ हजार रुपैयाँ नक्कली नोट बरामद भएको एसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए। विशेष सूचनाको आधारमा बुधवार देवाही गोनाही नगरपालिका ८ पटेल चौकमा प्रहरीले गरेको चेकजाँचमा यादवको साथबाट उक्त नक्कली नोटका साथै विभिन्न बैंकको ५ थान एटिएम, १६ लाख ६५ हजार लेखिएको ३ थान चेक र ओपो कम्पनीको मोबाइल एकथान बरामद भएको जनाइएको छ।

अभियुक्त यादवले नक्कली नोटको कारोबार गरिरहेको प्राप्त सूचनाको आधारमा पछिल्लो ३ महिना देखिको निगरानीमा रहेका थिए ।उनीमाथि कानुन अनुसार मुद्दा दायर गरी जिल्ला अदालत गौरबाट म्याद थमाएर थप अनुसन्धान भइरहेको जनाइएको छ । -नेपाल न्यूज बैंक

Tags :
प्रतिक्रिया दिनुहोस