नेपाल क्रिकेट सङ्घको वार्षिक क्यालेण्डर सार्वजनिक « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

नेपाल क्रिकेट सङ्घको वार्षिक क्यालेण्डर सार्वजनिक


१९ पुस २०८०, बिहिबार


काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ । आज पत्रकार सम्मेलन गरेर क्यानले नेपालले खेल्ने अन्तर्राष्ट्रिय र राष्ट्रिय प्रतियोगितालाई समावेश गरेर क्यालेण्डर सार्वजनिक गरेको हो ।

सार्वजनिक गरेको वार्षिक क्यालेण्डर अनुसार माघको अन्तिम साता नेपालले क्यानडासँग एक दिवसीय क्रिकेट सिरिज खेल्ने छ । तिन खेलको सिरिज नेपालमै हुने क्यानले जनाएको छ । यस्तै क्यानले नेपाल ए टिम र क्यानडाबीचको सिरिज पनि प्रस्ताव गरेको छ । यो सिरिज माघदेखि फागुनको बीचमा हुने छ । क्यानडासँगको एक दिवसीय क्रिकेट लगत्तै नामिबिया र नेदरल्याण्ड सम्मिलित त्रिदेशीय टी-२० शृङ्खला नेपालले नै आयोजना गर्ने छ ।

त्यस्तै क्यानले मंसिरमा नेपाल प्रिमियर लिग एनपीएल क्रिकेट आयोजना गर्ने भन्दै त्यसलाई पनि क्यालेण्डरमा समावेश गरेको छ । मार्च अप्रिलमा गर्ने भने पनि अन्तर्राष्ट्रिय क्रिकेट क्यालेण्डर अनुसार मिलाउनु पर्ने भएकाले एनपीएल पछि सारिएको क्यानका सचिव पारस खड्काले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस