ट्रयाक्टर दुर्घटनामा परी २८ जना घाइते « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

ट्रयाक्टर दुर्घटनामा परी २८ जना घाइते


१९ पुस २०८०, बिहिबार


तुलसीपुर(दाङ) । वनबाट पात टिपेर ट्रयाक्टरमा फर्किँदै गर्दा भएको दुर्घटनामा २८ जना घाइते भएका छन् । 

आज साँझ ५:१५ बजेतिर लु२त ५१६४ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा २८ जना घाइते भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नवीन वलीले जानकारी दिए । घाइते हुनेहरू सबै गढवा गाउँपालिका-४ पर्साका रहेको प्रहरीले बताएको छ । घातेको लमही अस्पतालमा उपचार भइरहेको छ ।  

गाडी चालक गढवा गाउँपालिका-४ पर्सा बस्ने करिब ३४ वर्षीय आशालाम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस