कोभिड-१९ को नयाँ भेरियन्ट प्रवेश हुन नदिन जनस्वास्थ्य मापदण्ड अपनाउन सरकारको अनुरोध « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कोभिड-१९ को नयाँ भेरियन्ट प्रवेश हुन नदिन जनस्वास्थ्य मापदण्ड अपनाउन सरकारको अनुरोध


१७ पुस २०८०, मंगलबार


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ को नयाँ सब भेरियन्ट जे एन.१ को संक्रमण नेपालमा आउन नदिन सजगता अपनाउन आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले एक विज्ञप्ति जारी गर्दै छिमेकी मुलुकहरूमा यसको संक्रमण बढिरहेको र नेपालको त्यसको जोखिम कम गर्न प्रवेश बिन्दुका सम्पूर्ण हेल्थ डेस्कहरू, स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरू तथा सम्पूर्ण सरोकारवालाहरुमार्फत आवश्यक स्क्रिनिंग र निगरानी भइरहेको बताए ।

उनले कोभिड-१९ को जोखिम व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको पनि जानकारी गराए ।

त्यस्तै, भिडभाड हुने स्थानहरूमा जनस्वास्थ्यका मापदण्डहरू जस्तै, मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम राख्न र हातको सरसफाइमा ध्यान दिन विज्ञप्तिमा अनुरोध गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस