जुवातास खेलिरहेको अवस्थामा १६ जना जुवाडे पक्राउ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

जुवातास खेलिरहेको अवस्थामा १६ जना जुवाडे पक्राउ


१७ पुस २०८०, मंगलबार


काठमाडौँ । जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार राति काठमाडौँ गोकर्णेश्‍वर नगरपालिका-९ गोकर्ण भगवती स्थानस्थित सिन्धुपाल्चोक जुगल गाउँपालिका-५ घर भएका ४४ वर्षीय दुर्गा लाल तामाङको टहरामा तास खेलिरहेको अवस्थामा पक्राउ गरिएको हो ।

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४१ हजार रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडौँ महानगरपालिका-१७ कालधारास्थित नेष्ट अपार्टमेन्टमा बस्ने काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका-३ घर भएका ३३ वर्षीय हिमाल तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत ८ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६२ हजार ९ सय रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।

दुबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस