कोशी लोक सेवा आयोग एक महिनादेखि नेतृत्वविहीन  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कोशी लोक सेवा आयोग एक महिनादेखि नेतृत्वविहीन 


१५ पुस २०८०, आइतबार


काठमाडौँ । कोशी प्रदेश लोक सेवा आयोग एक महिनादेखि अध्यक्ष विहीन छ । कोशी प्रदेश भरीका स्थानीय तहमा कर्मचारी भर्ना गर्दै आएको आयोग गत मंसिर १८ गतेदेखि अध्यक्ष विहीन बनेको हो ।

लोक सेवा आयोगका अध्यक्ष उत्तम भट्टराई उमेर हदका कारण मङ्सिर १७ मा सेवा निवृत्त भएपछि लोक सेवा आयोग अध्यक्ष विहीन बनेको हो । आयोगले प्रदेशभरका स्थानीय तह तथा प्रदेश सरकारका लागि कर्मचारी भर्ना गर्ने अधिकार पाएको छ । तर, दरबन्दी अनुसारका कर्मचारी नहुँदा आफैँ समस्यामा परेको छ । 

कोशी प्रदेश सभाले प्रदेश निजामती सेवा ऐनको पहिलो संशोधन मङ्सिर २५ मा पारित गरेसँगै आयोगलाई प्रदेशमा कर्मचारी भर्ना गर्ने बाटो खुलेको छ । कर्मचारी भर्नाका लागि आयोगले आवश्यक तयारी गर्नु पर्ने छ । अध्यक्षले नै कतिपय महत्त्वपूर्ण निर्णय गर्नु पर्ने भएकाले अध्यक्ष नहुँदा समस्या हुने गरेको एक कर्मचारीले बताए ।

आयोगमा ३२ जनाको अस्थायी दरबन्दी छ । जसमा २६ जना कर्मचारी कार्यरत छन् । पाँच पाँच जना कार्यालय सहयोगी र सवारी चालक छन् । 

आयोगले ५५ जना कर्मचारीको आवश्यकता अनुसार दरबन्दी स्वीकृतका लागि मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा गत असारमा पठाइसकेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको तथ्याङ्क अनुसार प्रदेशमा कुल ३ हजार ९३६ कर्मचारी दरबन्दी भए पनि हाल १ हजार ७८४ कर्मचारी मात्रै कार्यरत छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस