बाग्मतीलाई हराउँदै सुदूरपश्चिम दोस्रो क्वालिफायरमा « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

बाग्मतीलाई हराउँदै सुदूरपश्चिम दोस्रो क्वालिफायरमा


१५ पुस २०८०, आइतबार


Women-cricket-sudur-bagamati

काठमाडौँ । बाग्मती प्रदेशलाई हराउँदै सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो क्वालिफायरमा पुगेको छ ।

आज आइतबार भएको एलिमिनेटर खेलमा खेलमा सुदूरपश्चिमले बाग्मतीलाई ९ विकेटले हरायो । बाग्मतीले दिएको १०० रनको लक्ष्य सुदूरपश्चिमले १४ ओभर ३ बलमा १ विकेट गुमाएर भेटायो । सुदूरपश्चिमका लागि विन्दु रावलले नट आउट ५४ रन बनाइन् । बलिङतर्फ बाग्मतीकी मनीषा उपाध्यायले १ विकेट लिइन् ।

यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको बाग्मतीले १९ ओभरमा सबै विकेट गुमाएर ९९ रन बनायो । बाग्मतीका लागि कञ्चन श्रेष्ठले ३८ रन बनाइन् । बलिङतर्फ सुदूरपश्चिमकी करिश्मा थापाले ३ विकेट लिइन् ।

यो जितसँगै सुदूरपश्चिम दोस्रो क्वालिफायरमा पुगेको छ । अब सुदूरपश्चिमले फाइनल प्रवेशका लागि भोलि सोमवार कोशी प्रदेशसँग खेल्नेछ । आजै कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको पहिलो क्वालिफायरमा कोशीलाई हराउँदै एपीएफ फाइनलमा पुगेको थियो । फाइनल खेल आउँदो बुधवार हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस