काँग्रेसले भन्यो-गठबन्धन नभत्किएसम्म ‘प्रचण्ड’ नै प्रधानमन्त्री « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

काँग्रेसले भन्यो-गठबन्धन नभत्किएसम्म ‘प्रचण्ड’ नै प्रधानमन्त्री


१५ पुस २०८०, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसले गठबन्धनमा भएको सहमति पूरा नभएसम्म पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै प्रधानमन्त्री हुने प्रष्ट पारेको छ । केन्द्रीय समितिको बैठकको निर्णय सार्वजनिक गर्दै प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले लोकतन्त्रमा स्थिर सरकार नहुने बताएका हुन् ।

उनले भने, लोकतन्त्रमा सरकारको कुर्सीको तीनवटा मात्रै खुट्टा हुन्छन् । बहुमतमा होस् वा गठबन्धनमा । हिजो ओली नेतृत्वको सरकार झण्डै दुई तिहाइको बहुमतमा थियो । अहिले गठबन्धनमा छ । लोकतन्त्रमा स्थिर सरकार हुँदैन । निरंकुशतामा मात्रै हुन्छ । हाम्रो महामन्त्रीले मात्रै होइन आम जनताले पनि सरकार ढाल्दिन सक्छु भन्नसक्छ । उहाँ अहिले गठबन्धनबाट बनेको प्रधानमन्त्री भएकाले गठबन्धन नभत्किएसम्म र गठबन्धनमा भएको सहमति पूरा नभएसम्म उहाँ नै प्रधानमन्त्री हो ।’

उनले महामन्त्री गगन थापाले मात्रै नभएर आम जनताले पनि लोकतन्त्रमा सरकार ढाल्छु भन्न पाउने उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस