मन्त्री ज्वालालाई निकालेर ईपीएस आन्दोलनकारीले जलाए गाडी « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

मन्त्री ज्वालालाई निकालेर ईपीएस आन्दोलनकारीले जलाए गाडी


१३ पुस २०८०, शुक्रबार


काठमाडौँ । ईपीएस परीक्षाको विषयलाई लिएर आन्दोलनरत युवाहरूले मन्त्रीको गाडी जलाएका छन् । 

बालकुमारी-सातदोबाटो सडकमा सयौँको संख्यामा प्रदर्शनमा उत्रिएका उनीहरूले बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्री प्रकाश ज्वालालाई बाहिर निकालेर गाडी जलाएका हुन् ।

आगजनीबाट बा २ झ ५८६१ नम्बरको मन्त्रीको गाडी पूर्णरुपमा जलेको छ । 

ईपीएस कोरिया शाखाले सिप बिल्डिङमा आवेदन दिएकामध्ये १८ जनाले मात्रै कोरिया भाषा परीक्षामा भाग लिन पाउने जनाएपछि बाँकीले आन्दोलन थालेका थिए । 

सिप बिल्डिङमा परीक्षा दिएकाहरूले कोरिया भाषा परीक्षामा भाग लिन नपाउने भनिएसँगै १८ जनाले पाटन उच्च अदालतमा मुद्दा हालेकोमा अदालतले भाषा परीक्षामा भाग लिन फर्म भर्न दिनू भनेर आदेश दिएको थियो । शाखाले भने मुद्दा हालेका १८ जनालाई मात्रै भाषा परीक्षामा सहभागी हुन दिएपछि अन्य आक्रोशित भएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस