भीरबाट ट्याक्टर खस्दा चालकको मृत्यु « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

भीरबाट ट्याक्टर खस्दा चालकको मृत्यु


१२ पुस २०८०, बिहिबार


विराटनगर । संखुवासभाको मकालु गाउँपालिका-५ मा भीरबाट ट्याक्टर खस्दा चालकको मृत्यु भएको छ ।

दुर्घटनामा ट्याक्टर चालक स्थानीय २७ वर्षीय तीर्थबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको हो ।

को २ त ८२३९ नम्बरको ट्याक्टर मकालु-१ मा निर्माण भइरहेको पर्खालको लागि सिमेन्ट बोकेर जाने क्रममा वालुङको दिङसुमा भन्ने ठाउँमा भीरबाट करिब ३५ मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस