डीएसपी पूर्णिमा चन्द काठमाडौँको ‘पुलिस अफ दी मन्थ’ घोषित « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

डीएसपी पूर्णिमा चन्द काठमाडौँको ‘पुलिस अफ दी मन्थ’ घोषित


११ पुस २०८०, बुधबार


काठमाडौँ । प्रहरी नायब उपरीक्षक (डीएसपी) पूर्णिमा चन्द काठमाडौँ प्रहरीको ‘पुलिस अफ दी मन्थ’ घोषित भएकी छन् ।

काठमाडौँ प्रहरी परिसरले मंसिर महिनाका लागि चन्दलाई ‘पुलिस अफ दी मन्थ’ अवार्ड प्रदान गर्ने निर्णय गरेको हो । चन्द महानगरीय प्रहरी वृत्त स्वयम्भुकी प्रमुख हुन् ।

शान्ति सुरक्षा तथा अपराध अनुसन्धानमा गरेको उल्लेख्य कार्यका लागि उनलाई उक्त पुरस्कार दिइएको काठमाडौँ प्रहरी परिसरले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस