चुडामणि शर्माविरुद्धको चार करोडको भ्रष्टाचार मुद्दा सर्वोच्चमा « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

चुडामणि शर्माविरुद्धको चार करोडको भ्रष्टाचार मुद्दा सर्वोच्चमा


११ पुस २०८०, बुधबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलाउपर सर्वोच्चमा पुनरावेदन दिएको छ । विभिन्न मितिमा फैसला भएका मध्ये गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा अदालतको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्चमा पुनरावेदन गरिएको हो।

उक्त मुद्दामा प्रतिवादी चुडामणि शर्मा र कल्पना उप्रेती शर्मा रहेका छन् । शर्मा सार्वजनिक सेवा प्रवेश गरेको मिति २०४५ साउन २३ गतेदेखि आयोगमा सम्पत्ति विवरण पेश गरेको मिति २०७३ मङ्सिर २९ गते सम्मको अवधिमा शर्माले तीन करोड ६३ लाख ७२ हजार नौ सय एकसाठ्ठी रुपैयाँ आमदानी देखिएको छ भने खर्च तथा लगानी सात करोड ९३ लाख २७ हजार ८५ रुपैयाँ देखिएको अख्तियारको दाबी छ ।

सो अवधिको शर्माको खर्च र आमदानीको तुलना गर्दा आय भन्दा बढी खर्च तथा लगानी चार करोड २९ लाख ५४ हजार एक सय चौबीस रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेकोले उक्त सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरी अमिल्दो तथा अस्वभाविक उच्च जीवनस्तर यापन गरेको देखिन्छ, ‘अख्तियारले भनेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस