अनुदानको खाद्यान्न हेलिकोप्टरबाट ढुवानी गरिँदै « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

अनुदानको खाद्यान्न हेलिकोप्टरबाट ढुवानी गरिँदै


१० पुस २०८०, मंगलबार


काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडद्वारा ढुवानी अनुदानमा प्राप्त यसवर्षको खाद्यान्न हेलिकप्टरबाट ढुवानी सुरु भएको छ।

लिमिटेडको हुम्ला शाखाका अनुसार यसवर्षको निर्धारित कोटाको खाद्यान्न ढुवानी हेलिकोप्टरबाट सुरु भएको हो। आर्थिक वर्ष सुरु भएको पाँच महिना सात दिनपछि खाद्यान्न ढुवानी सुरु भएको हो।

खाद्यान्न ढुवानीको जिम्मा पाएको सिम्रिक एयरलाई ताकेता गरेपछि बल्ल ढुवानी कार्य सुरु भएको हो। हेलिकोप्टरले सर्केगार्ड गाउँपालिका–२ को ल्याप्चेबाट ढुवानी सुरु गरेको हो। ल्याप्चेबाट १५ मिनेटमा सिमकोट विमानस्थलसम्म खाद्यान्न ढुवानी हुने गरेको छ।

एउटा उडानमा हेलिकोप्टरले सात क्विन्टल खाद्यान्न बोक्ने गर्छ। दैनिक २० देखि २४ उडान हुनेछ। यसवर्ष हवाई मार्गको खाद्यान्न सुर्खेतबाट ६ हजार र नेपालगञ्जबाट ४ हजार क्विन्टल कोटा निर्धारण गरिएको छ। यो खाद्यान्न सिम्रिक एयरले नेपालगञ्जबाट प्रतिकेजी १४३ रुपैयाँ र सुर्खेतबाट प्रतिकेजी १३७ रुपियाँमा ढुवानी गर्ने गरी लिमिटेडसँग सम्झौता गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस