भृकुटीमण्डपमा बिहीबारदेखि घरजग्गा मेला लाग्दै « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

भृकुटीमण्डपमा बिहीबारदेखि घरजग्गा मेला लाग्दै


१० पुस २०८०, मंगलबार


काठमाडौँ । भृकुटीमण्डपमा यही पुस १२ गतेदेखि १५ गतेसम्म आठौँ घरजग्गा मेला हुने भएको हो ।

मेलामा भवन तथा संयुक्त आवास र जग्गा योजनामा आबद्ध व्यवसायी, निर्माण सामग्रीका उत्पादक तथा बिक्रेता, इन्जिनियर तथा आर्किटेक्चर कन्सल्ट्याण्टलगायत स्वदेशी तथा विदेशी प्रदर्शकका साथै बैंक र बीमा कम्पनीको समेत सहभागिता रहने नेपाल जग्गा तथा आवास विकास सङ्घले बताएको छ ।

मेलामा फर्निचर, विद्युतीय सामग्री, सिमेन्ट, सजावटका सामान, स्टिल, फर्निचर, सिसा, काठ, ढुङ्गालगायत निर्माण सामग्री प्रदर्शनमा राखिने छ ।

अहिलेको देशको आर्थिक अवस्था केही असहज भए पनि क्रेता र बिक्रेताबीच सूचना आदानप्रदान हुने र जानकारी पाइने माध्यम बन्ने सङ्घको विश्वास छ ।

Tags :
प्रतिक्रिया दिनुहोस