काँग्रेस जिल्ला समितिहरूले पठाए पार्टीका रिक्त पदको विवरण « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

काँग्रेस जिल्ला समितिहरूले पठाए पार्टीका रिक्त पदको विवरण


९ पुस २०८०, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसको प्रदेश र जिल्ला कार्यसमितिले पार्टीका विभिन्न तहमा भएको रिक्त पदको विवरण पठाएका छन् । काँग्रेस महामन्त्री गगन थापाले मङ्सिर २५ मा प्रदेश र जिल्ला कार्यसमितिलाई तल्लो तहको रिक्त पदको विवरण पठाउन निर्देशन दिएका थिए ।

काँग्रेसले १४ औँ महाधिवेशनअन्तर्गत प्रदेश, जिल्ला, प्रतिनिधिसभा क्षेत्र, प्रदेशसभा क्षेत्र, गाउँ-नगरपालिका र वडा तहका कार्यसमितिमा निर्वाचन र मनोनयन गर्न बाँकी पदको विवरण मागेको थियो । काँग्रेसमा विधानअनुसार केन्द्रीय समितिसहित आठ तहमा सङ्गठन संरचना छ । पार्टी विधानमा हरेक तहका कार्यसमितिका सभापतिलाई २० प्रतिशत सदस्य मनोनयनको अधिकार छ भने पदाधिकारीमध्ये कोषाध्यक्ष कार्यसमिति बैठकबाट मनोनीत गर्ने व्यवस्था छ ।

काँग्रेसले तल्ला तहका रिक्त पद पूर्तिका लागि पहल गरे पनि केन्द्रीय कार्यसमितिकै महत्त्वपूर्ण पद भने रिक्त छन् । सभापति शेरबहादुर देउवाले अहिलेसम्म पनि केन्द्रीय कार्यसमितिको कोषाध्यक्ष मनोनीत गर्न सकेका छैनन् । अझै केही केन्द्रीय सदस्य पदसमेत रिक्त छन् भने पार्टीका विभाग गठन हुन सकेका छैनन् ।

प्रदेशले पठाएको विवरणमा जिल्ला सभापति, उपसभापति, क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधि, पालिका र वडाका पदाधिकारी संख्या बढी छ । काँग्रेस केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद दुलालका अनुसार ८६ जना महाधिवेशन प्रतिनिधिको पद रिक्त छ ।

Tags :
प्रतिक्रिया दिनुहोस