Logo ४ माघ २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

पोखरा विमानस्थलबाट झण्डै २८ करोडको वस्तु आयात


९ पुस २०८०, सोमबार


काठमाडौँ । नेपालका तीन अन्तर्राष्ट्रिय विमानस्थलमध्ये त्रिभुवन विमानस्थलपछि पोखराबाट बढी अन्तर्राष्ट्रिय व्यापार भएको देखिएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चालु आर्थिक वर्षको पहिलो ५ महिनामा २७ करोड ७४ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।

पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान छैन । तर, त्यहाँ पर्यटन प्रयोजनका लागि बेला बेला चार्टर्ड उडानहरू भइरहेका छन् ।

यी उडानमार्फत व्यवसायीले सो मूल्य बराबरको सामान भित्राएको भन्सार विभागको तथ्याङ्कमा देखिएको छ । यो विमानस्थल हुँदै निर्यात भने भएको छैन ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भने मात्र ८ लाख ४२ हजार रुपैयाँ बराबरको वस्तु यस अवधिमा आयात भएको छ । निर्यात भने शून्य रहेको छ । नियमित उडान निरन्तर प्रभावित हुँदा गौतमबद्धबाट अपेक्षित वैदेशिक व्यापार हुन नसकेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भने अर्बौँ रुपैयाँ बराबरको अन्तर्राष्ट्रिय व्यापार हुन्छ । तथ्याङ्क अनुसार मंसिरसम्म यो विमानस्थलबाट ५७ अर्ब ४८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो कुल आयातको ८.९५ प्रतिशत हो ।

यस वर्ष ५ महिनामा ६ खर्ब ४२ अर्ब रुपैयाँको आयात भएको छ । यस विमानस्थलबाट ५ महिनामा १५ अर्ब ७० करोड रुपैयाँको वस्तु निर्यात भएको छ । यो कुल निर्यातको २४.८४ प्रतिशत हो । समीक्षा अवधिमा ६३ अर्ब २० करोड रुपैयाँको वस्तु निर्यात भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस