सात विकास बैंकद्वारा लाभांश घोषणा « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सात विकास बैंकद्वारा लाभांश घोषणा


९ पुस २०८०, सोमबार


काठमाडौँ । नेपाल स्टक एक्स्चेन्जमा सूचीकृत कुल १५ वटा विकास बैंकमध्ये सात वटा विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेका छन् । दुई वटा बैंकले भने लाभांश नदिने घोषणा गरेका छन् । बाँकी धेरै विकास बैंकले लाभांश दिन सक्ने अवस्था छैन ।

ज्योति विकास बैंक र सप्तकोशी विकास बैंकले यसपटक लाभांश नदिने निर्णय गर्दै साधारण सभा बोलाएका छन् । लाभांशमा अधिकांश विकास बैंकले सेयर बोनसलाई प्राथमिकता दिएका छन् ।

लाभांश घोषणा गरेका ७ विकास बैंकमध्ये पनि ३ वटा विकास बैंकको सेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) भइसकेको छ । सांग्रिला, मितेरी र साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको बुक क्लोज भइसकेकाले अब सेयर खरिद गर्नेले लाभांश पाउँदैनन् ।

बाँकी ४ वटा विकास बैंक मुक्तिनाथ, गरिमा, महालक्ष्मी र लुम्बिनी विकास बैंकको भने बुक क्लोज भइसकेको छैन । अहिले पनि सेयर खरिद गर्नेले यी ४ कम्पनीको लाभांश पाउने छन्।

Tags :
प्रतिक्रिया दिनुहोस