सामान्य प्रशासन मन्त्रालय असफल देखियो : गाउँपालिका राष्ट्रिय महासंघ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सामान्य प्रशासन मन्त्रालय असफल देखियो : गाउँपालिका राष्ट्रिय महासंघ


८ पुस २०८०, आइतबार


कास्की । स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाउने जिम्मेवारी पाएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय असफल देखिएको गाउँपालिका राष्ट्रिय महासंघ नेपालले जनाएको छ । 

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा सम्पन्न महासंघको पाँचौँ बैठकपछि जारी माछापुच्छ्रे घोषणामा मन्त्रालय असफल भएको उल्लेख छ । 

बैठकले जारी गरेको ११ बुँदे माछापुच्छ्रे घोषणामा स्थानीय सरकार सञ्चालन र सरोकारका विषयमा विभिन्न २१ वटा निर्णय गरेको उल्लेख छ । घोषणामा भनिएको छ, ‘हाल १ सय भन्दा बढी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत रिक्त  रहेको, एउटै व्यक्तिलाई तीन-तीन वटा गाउँपालिकाको जिम्मेवारी दिएको तथा खटाइएका अधिकृतहरू तत्कालै सरुवा लिएर फर्कने जस्ता कार्यहरू भइरहेका छन् ।’

प्रमुख प्रशासकीय अधिकृत खटाउने जिम्मेवारी पाएको मन्त्रालय असफल देखिएको भन्दै संघले सबै स्थानीय सरकारमा प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था गर्न र सरुवा प्रणाली व्यवस्थित गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस