निलम्बन फुकुवा र सेवा सुविधा माग गर्दै संसद सचिवालयमा कोइरीको पत्र  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

निलम्बन फुकुवा र सेवा सुविधा माग गर्दै संसद सचिवालयमा कोइरीको पत्र 


८ पुस २०८०, आइतबार


काठमाडौँ । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीले आफ्नो निलम्बन फुकुवा माग गर्दै संघीय संसद सचिवालयमा निवेदन दिएका छन् ।

मधेश आन्दोलनमा सशस्त्र प्रहरी बलका असई थमन बिकको हत्या आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि फरार रहेका कारण महोत्तरी-१ बाट निर्वाचित कोइरी हाल निलम्बित अवस्थामा छन् ।

२८ मंसिरमा महोत्तरी जिल्ला अदालतले थमन बिक हत्याको मुद्दामा सफाइ दिएपछि सांसद कोइरीले आफ्नो निलम्बन फुकुवा गर्न र अहिलेसम्मको सेवा सुविधा माग गर्दै संघीय संसद सचिवालयमा पत्र लेखेका छन् ।

सम्बन्धित समाचार : एमाले सांसद कोइरीले पाए सफाइ, लोसपा नेता शर्मालाई जन्मकैदको फैसला

सम्बन्धित समाचार : एमाले सांसद कोइरी निलम्बित

सम्बन्धित समाचार : सांसद कोइरीलाई पक्राउ गर्ने तयारी, प्रहरीले संसद सचिवालयमा पठायो पत्र

Tags :
प्रतिक्रिया दिनुहोस