‘रसिया र युक्रेनको सेनामा गैर कानुनी रूपमा नेपालीलाई कसले पुर्‍याउँदै छ ?’ विश्वप्रकाश शर्मा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

‘रसिया र युक्रेनको सेनामा गैर कानुनी रूपमा नेपालीलाई कसले पुर्‍याउँदै छ ?’ विश्वप्रकाश शर्मा


७ पुस २०८०, शनिबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले रसिया र युक्रेनको सेनामा गैर कानुनी रूपमा नेपालीलाई पुर्‍याउने काम कसले गरेको भन्ने छानबिन गरी कारबाही गर्न माग गरेका छन् ।

शनिबार काँग्रेसको बागमती प्रदेश पहिलो सम्मेलनमा उनले रसिया र युक्रेनको सेनामा गैर कानुनी रूपमा नेपालीलाई पुर्‍याएकोबारे छानबिन गरी कारबाही गर्न माग गरेका हुन् ।

उनले भने, ‘देशमा ऐन कानुन बन्दै गर्दा रसिया र युक्रेनको सेनामा नेपाली सेनालाई कसले गैर कानुनी रूपमा पुर्‍याउने कर्म गरिरहेको छ ? तिनको लास मात्र गनेर बसेर सरकारको कर्तव्य पूरा हुँदैन । गैर कानुनी रूपमा नेपाली सेनालाई सामेल गराउने काम गरिएको छ । पठाउनेलाई थुन्ने र कारबाही गर्ने काम राज्यले गर्नुपर्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस