शाकाहारी बन्यो राप्रपा « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

शाकाहारी बन्यो राप्रपा


३ पुस २०८०, मंगलबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीका केन्द्रदेखि वडा तहका कार्यक्रमहरूमा अबदेखि शाकाहारी खाना मात्रै खुवाउने भएको छ।

अध्यक्ष राजेन्द्र लिङ्देनले जारी केन्द्रीय कार्यसमिति बैठकमा पार्टीका ब्यानरमा हुने कार्यक्रममा शाकाहारी खाना मात्र खुवाउन निर्देशन दिएका हुन्।

गत आइतबारदेखि राप्रपाको केन्द्रीय कार्यसमिति बैठक जारी छ।

राप्रपाले पार्टीका कार्यक्रममा नेता तथा कार्यकर्तालाई खानासँगै सागपात, दुधदही र फलफूललगायत सात्त्विक भोजन मात्रै खुवाउने भएको हो।

पार्टीका कार्यक्रममा अबदेखि माछा-मासु खुवाउन नपाइने भनेर अध्यक्षले निर्देशन दिइसकेको प्रवक्ता मोहन श्रेष्ठले बताए।

श्रेष्ठले भने, ‘हामीले जारी केन्द्रीय समितिमा पनि शाकाहारी खाना खायौँ। पार्टीभित्र आर्थिक हिसाबले मितव्ययी हुन पनि यस्तो निर्देशन दिइएको हो।’

उनले हिन्दुराष्ट्र पुनर्स्थापना लगायत पार्टीले लिएका एजेन्डामा पनि यस्ता निर्देशनले बल पुग्ने तर्क गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस