सोमबार र मङ्गलवार त्रिविका सबै सेवा बन्द हुने « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

सोमबार र मङ्गलवार त्रिविका सबै सेवा बन्द हुने


१ पुस २०८०, आइतबार


काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले भोलि सोमबार र मङ्गलवार (२ दिन) सबै सेवा बन्द हुने जनाएको छ। त्रिविले ४९ औँ दीक्षान्त समारोह आयोजना गर्ने भन्दै सेवा बन्द गरिएको जनाएको हो।

त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीद्धारा जारी सूचनाअनुसार सोमबार ४९ औँ दीक्षान्त समारोह हुँदै छ।

‘त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोह मिति २०८० साल पौष २ गते सोमबारका दिन आयोजना हुन गइरहेकाले त्रिवि परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा प्रदान गरिँदै आएका सेवाहरू मिति २०८० पौष २ र ३ गते दुई दिन पूर्ण रूपमा बन्द हुने ब्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’सूचनामा उल्लेख छ।

त्रिविका परीक्षा उपनियन्त्रक डा. पवन बरालका अनुसार दीक्षान्तमा १२ हजार सहभागी हुने र ७३ हजार विद्यार्थीहरू दीक्षान्त हुनेछन्।

Tags :
प्रतिक्रिया दिनुहोस