पूर्वगृहमन्त्री बालकृष्ण खाँण धरौटी बुझाउन जिल्ला अदालतमा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

पूर्वगृहमन्त्री बालकृष्ण खाँण धरौटी बुझाउन जिल्ला अदालतमा


२९ मंसिर २०८०, शुक्रबार


काठमाडौँ । पूर्वगृहमन्त्री बालकृष्ण खाँण जिल्ला अदालत काठमाडौँ पुगेका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी खाँण धरौटी बापतको तीस लाख रकम बुझाउन उनी जिल्ला अदालतमा पुगेका हुन्। बिहीबार उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि उनी शुक्रबार धरौटी रकम जम्मा गर्न अदालत पुगेका हुन्।

तीस लाख रुपैयाँ धरौटी बापतको रकम बैंक ग्यारेन्टी राखेर छुट्न लागेका हुन्। धरौटी बुझाएको पत्र कारागारलाई प्राप्त भएपछि उनी कारागार मुक्त हुनेछन्। 

तर,  धरौटी रकम बुझाए पनि उनी तत्कालै छुट्ने भने छैनन्। उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उपस्थित गराइनेछ।

Tags :
प्रतिक्रिया दिनुहोस