सर्वोच्चमा सिफारिस न्यायाधीशद्वयको सुनुवाइ जारी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सर्वोच्चमा सिफारिस न्यायाधीशद्वयको सुनुवाइ जारी


२९ मंसिर २०८०, शुक्रबार


काठमाडौँ । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय सारंगा सुवेदी र अब्दुल अजिज मुसलमानको संसदीय समितिमा सुनुवाइ सुरु भएको छ।

शुक्रबार उच्च अदालतका दुई न्यायाधीशको सुनुवाइ सुरु भएको हो। पहिलो चरणमा न्यायाधीश सारंगा सुवेदीको सुनुवाइ सुरु भएको हो। त्यसपछि अब्दुलको सुनुवाइ हुनेछ। सारंगाविरूद्ध सबभन्दा धेरै उजुरी परेका छन्। उनीविरूद्ध ६ वटा उजुरी परेको छ भने अब्दुलविरुद्ध एउटा परेको छ।

सारंगाविरूद्ध धनुषाकी आरती साहको हत्या भएको घटनासम्बन्धी आदेशविरुद्ध उजुरी परेको हो। जिल्ला अदालतले थुनछेक बहसपछि आरतीका श्रीमान् मोतीबाबु र ससुरा मदन मोहनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। तर उच्च अदालतले उनीहरूलाई साधारण तारेखमा छाडिदिएको हो। यही मुद्दामा सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस सारंगाविरूद्ध आरती साहका आमा र बुवाले उजुरी दिएका हुन्।

अब्दुलविरुद्ध अंश मुद्दाको फैसलालाई लिएर उजुरी परेको छ। न्याय परिषद्ले उनीहरू दुई जनासहित ६ जनालाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको थियो।

उच्च अदालतका न्यायाधीशहरू महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, वरिष्ठ अधिवक्ता बालकृष्ण ढकाल र सुनिल पोखरेल पनि सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका हुन्। आज दुई न्यायाधीशको मात्रै सुनुवाइ हुन लागेको हो।

संसदीय सुनुवाइ समितिले उनीहरूको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

Tags :
प्रतिक्रिया दिनुहोस