‘दूधमा कपाल, माटो र बालुवाका कण’ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

‘दूधमा कपाल, माटो र बालुवाका कण’


२८ मंसिर २०८०, बिहिबार


काठमाडौँ । उपभोक्ताका लागि दैनिक उपभोग्य शक्तिवर्धक पेय पदार्थ दूधको गुणस्तरमा डेरी सञ्चालकहरूले गम्भीर लापरबाही गरेको पाइएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको पछिल्लो एक सातामा गरेको बजार अनुगमनमा उपभोक्ताका लागि बजार पठाइने दूधमा कपाल, माटो र बालुवाका कणहरू पाइएको हो ।

यस्तै उपभोक्ताका लागि म्याद सकिएको दूध पुनः प्याक गरेर बजारमा पठाउने गरेको पाइएको विभागले जनाएको छ ।

विभागका अनुसार बिहीबार ललितपुरको मिल्क टुडेको फ्याक्टी अनुगमनका लागि विभागको टोली पुगेको थियो ।

अनुगमनका क्रममा म्याद सकिएर बजारबाट उठाइएको दूधका प्याकेटलाई धुलो, हिलो र फोहोरसहित पुनः पास्चराइज्ड गर्न लागिएको अवस्थामा विभागले फेला पारेको थियो । डेरी उद्योगलाई पहिलो पटक भनेर ३ लाख रुपैयाँ जरिवाना गरिएको छ ।

पछिल्लो समय बजार अनुगमनका क्रममा दुग्ध क्षेत्रमा मानव स्वास्थ्यमा असर पर्ने गम्भीर किसिमका हेलचेक्रयाइँहरु देखा परेका छन् ।

यस्तै, २७ मंसिरमा भक्तपुरका थप ३ वटा डेरीले उस्तै प्रकृतिको कसुर गरेको वाणिज्यको अनुगमनमा फेला परेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस