तीन वटा चिनी मिल सञ्चालनमा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

तीन वटा चिनी मिल सञ्चालनमा


२८ मंसिर २०८०, बिहिबार


काठमाडौँ । सरकारले उखुको समर्थन मूल्य नतोक्दै पश्चिम नवलपरासीका तीनवटा चिनी मिल सञ्चालनमा आएका छन् । जिल्लामा रहेको लुम्बिनी चिनी, बागमती सुगर मिल र इन्दिरा सुगर मिल सञ्चालनमा आएका हुन् ।

समर्थन मूल्य नतोक्दै चिनी मिल सञ्चालनमा आएपछि किसानले उधारोमा उखु बिक्री गरेका छन् । सरकारले न्यूनतम समर्थन मूल्य तोकेपछि भुक्तानी दिने सर्तमा किसानले उद्योगलाई उखु बिक्री गरिरहेको उखु उत्पादक किसान समिति नवलपरासीले जनाएको छ ।

तीन वटा उद्योग सञ्चालनमा आएपनि मोहीनी चिनी उद्योग भने सञ्चालनमा आएको छैन । यस वर्ष उखुको समर्थन मूल्य न्यूनतम पनि ६ सय ५१ रुपैयाँ नघटाउने गरी मूल्य तोक्न किसानले माग गरेका छन् । चिनीको मूल्यअनुसार उखुको मूल्य तोक्न किसानको माग छ ।

यस वर्ष नवलपरासीमा करिब १० देखि १२ लाख क्विन्टल मात्र उखु उत्पादन हुने अनुमान छ । पाँच वर्ष पहिले १२ हजार हेक्टरमा हुँदै आएको उखु खेती अहिले ५ हजार हेक्टरमा सीमित भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस