परराष्ट्रमन्त्री साउद र कतारका प्रधानमन्त्रीबीच भेट, विपिन जोशीको रिहाइबारे छलफल « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

परराष्ट्रमन्त्री साउद र कतारका प्रधानमन्त्रीबीच भेट, विपिन जोशीको रिहाइबारे छलफल


२५ मंसिर २०८०, सोमबार


काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले र कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल-थानीसँग शिष्टाचार भेटवार्ता भएको छ।

सोमबार भएको भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री साउदले हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको शीघ्र रिहाइका लागि थप सशक्त पहल गरिदिन अनुरोध गरेका गरेका हुन् ।

परराष्ट्रमन्त्री साउदले हमाससँगको कतारको सम्पर्क, मध्यपूर्वको समस्यामा कतारले निर्वाह गरिरहेको मध्यस्थकर्ताको भूमिका एवम् कतार र नेपालबीचको सम्बन्धका आधारमा मानवीय मामिलामा कतार सरकारसँग आशा गरेको बताएका थिए ।

जवाफमा कतारका प्रधानमन्त्री अल थानीले विपिन जोशीलगायत विदेशी बन्दीहरुको रिहाइका लागि कतार सरकारले उच्च प्रयास गरिरहेको बताए । उनले नेपालसँगको सम्बन्धलाई कतार सरकारले प्राथमिकतामा रहेको पनि बताएका परराष्ट्रमन्त्री साउदको सचिवालयले जनाएको छ ।

परराष्ट्रमन्त्री साउदले कतारका प्रधानमन्त्री अल थानीसँग व्यापार र लगानीका विषय, कतार फ्रन्ट फर डेभलपमेन्टबाट हुने विकास सहयोग, आगामी उच्चस्तरीय भ्रमणआदि विषयमासमेत कुराकानी गरेका थिए ।

परराष्ट्रमन्त्री साउद दोहामा जारी विभिन्न मुलुकका राष्ट्र प्रमुख, सरकार प्रमुख, विदेशमन्त्री, निजी क्षेत्र, थिंक ट्याङ्क, सञ्चारकर्मी सम्मिलित दोहा फोरम २०२३ मा प्यानलिस्टका रूपमा समेत सहभागी भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस