झापाका चार पालिकामा भोलि सार्वजनिक बिदा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

झापाका चार पालिकामा भोलि सार्वजनिक बिदा


२४ मंसिर २०८०, आइतबार


काठमाडौँ । झापाका चार पालिकाले भोलि सार्वजनिक बिदा दिएका छन्। हिन्दु धर्मावलम्बीहरूको बाला चतुर्दशी पर्वका अवसरमा अर्जुनधारा नगरपालिका, शिवसताक्षी नगरपालिका, बुद्धशान्ति गाउँपालिका र बाह्रदशी गाउँपालिकाले भोलि बिदा दिएका हुन्। 

ती पालिकाहरूले आइतबार सूचना जारी गर्दै भोलि नगरपालिका-गाउँपालिका कार्यालय र मातहतका शाखा, वडा कार्यालय , शैक्षिक संस्था र स्वास्थ्य संस्थाहरू बन्द रहने जनाएको छ। 

बाला चतुर्दशीको अवसरमा अर्जुनधारा जलेश्वरधाम, सताक्षीधाम, विराट पोखरी, बाह्रदशी साधुकुटी गौरीशङ्कर शिवालय, मेचीनगरको कृष्ण थुम्कीलगायतका धार्मिक स्थलमा सत्बीज छर्ने भक्तालुहरूको घुइँचो लाग्ने गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस