चुनावबारे संवाद गर्न राप्रपाले बुद्धिमान तामाङलाई दियो जिम्मा « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

चुनावबारे संवाद गर्न राप्रपाले बुद्धिमान तामाङलाई दियो जिम्मा


२१ मंसिर २०८०, बिहिबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि अन्य दलसँग सहमति र संवाद गर्न उपाध्यक्ष बुद्धिमान तामाङलाई जिम्मा दिएको छ ।

बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अन्य दलसँग आवश्यक सहयोग जुटाउन र संवाद गर्न पार्टीको राजनीतिक विभाग प्रमुख तामाङलाई जिम्मेवारी दिने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

राप्रपाले इलाममा हुने प्रतिनिधि सभाको उप-निर्वाचनका लागि आवश्यक तयारी, समन्वय र सहजीकरण गर्न उपाध्यक्ष हेमजंग गुरुङलाई जिम्मेवारी दिएको छ ।

बैठकले राजसंस्था, हिन्दुराष्ट्रको पुनः स्थापना, सङ्घीयता खारेजीको पक्षमा एवं सुशासन र जनजीविकाका पक्षमा आन्दोलन गर्न गठित मस्यौदा समितिको प्रस्ताव पनि पारिन गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस