मुख्यमन्त्री कार्कीको टिप्पणी-महामन्त्रीहरूमा परिपक्वता देखिएन   « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

मुख्यमन्त्री कार्कीको टिप्पणी-महामन्त्रीहरूमा परिपक्वता देखिएन  


१९ मंसिर २०८०, मंगलबार


काठमाडौँ । कोशीका मुख्यमन्त्री केदार कार्कीले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा प्रति आक्रोश व्यक्त गरेका छन् ।

ओखलढुङ्गाको प्रथम जिल्ला सम्मेलनमा बोल्ने क्रममा आफू मुख्यमन्त्री हुँदा पार्टी भित्रका केहीलाई नपचेको आरोप लगाए । सत्ता गठबन्धन विच कोशीको मुख्यमन्त्री माओवादी केन्द्रलाई दिने सहमति बनेको थियो । त्यसको विरुद्धमा कार्कीले नेकपा एमालेको सहयोगमा मुख्यमन्त्री बनेका थिए । महामन्त्री थापा र शर्माप्रति संकेत गर्दै उनले भने,‘अरूले नै लगिसकेको मुख्यमन्त्री मैले खोसेर ल्याउँदा केही मान्छेलाई पचेन । बोमिट आयो ।’

मङ्गलवार भएको सम्मेलनमा सभापति शेरबहादुर देउवा नेता डा. शेखर कोइराला, महामन्त्री थापा, सहमहामन्त्री भीष्म आङ्देम्बे लगायतका नेता ओखलढुङ्गा पुगेका थिए । दुई महामन्त्रीप्रति असन्तुष्टि जनाउँदै कार्कीले सम्मेलनमा भने,‘महामन्त्रीहरूको म्याचुरिटी देखिरहेका छैनौँ । अर्कै समानान्तर विद्रोही कार्यक्रम गर्दै हुनुहुन्छ । महामन्त्रीले द्वन्द्व व्यवस्थापन गर्ने हो । द्वन्द्व सिर्जना गर्ने होइन ।’

कार्कीले पार्टी सभापति देउवाको भने प्रशंसा गरे । माओवादीलाई एमालेसँगको सत्ता सहकार्यबाट टुटाउन सभापति सफल रहेको भन्दै प्रशंसा गरे । देउवा पुन सभापति नहुने भन्दै ‘आउट गोइङ’ सभापतिलाई सम्मान गर्न नेताहरूलाई सुझाव दिए । नेता शेखर निकट कार्कीले भने,‘शेखर दाइ र गगन जीलाई भन्न चाहन्छु । गोइङ सभापतिलाई सम्मानसाथ बिदा गर्नुस् । पार्टीलाई एक ढिक्का बनाएर भोली जनताको काँग्रेस बनाउनुस् ।’

Tags :
प्रतिक्रिया दिनुहोस