आज यी तीन प्रदेशमा हल्का वर्षा, उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

आज यी तीन प्रदेशमा हल्का वर्षा, उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना


प्रशासन संवाददाता

१८ मंसिर २०८०, सोमबार


काठमाडौँ । हाल देशमा उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्र तथा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ ।

आज बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर-पश्चिम प्रदेश लगायत कोशी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। 

लुम्बिनी प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस