जसपाले लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण गर्ने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

जसपाले लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण गर्ने


१४ मंसिर २०८०, बिहिबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण हुने भएको छ । 

आगामी मंसिर १९ गतेदेखि सुरु हुने प्रशिक्षण तीन दिवसीय प्रशिक्षण कार्यक्रममा प्रदेश अन्तर्गतका केन्द्रीय समितिका सदस्यहरू, संघीय परिषद् सदस्यहरू, प्रदेश समिति, राष्ट्रिय समिति, जिल्ला समिति र भ्रातृ सङ्गठनका प्रतिनिधिहरू गरी १२५ जनालाई प्रशिक्षण दिइने भएको छ ।  

पार्टीका अध्यक्ष उपेन्द्र यादव, पार्टीका कार्यकारिणी समिति सदस्य एवम् लुम्बिनी प्रदेश समितिका इन्चार्ज राजकिशोर यादवलगायतका नेताहरुले प्रशिक्षण दिने छन् ।

पार्टी विधानले निर्दिष्ट गरेका नीति, सिद्धान्त र उद्देश्य तथा पार्टीको सङ्गठनात्मक गतिविधि एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीति र  सम्बन्धका बारेमा प्रशिक्षण दिइने पार्टीका लुम्बिनी प्रदेश समिति अध्यक्ष अशोक यादवले जानकारी गराएका छन् ।

यस अघि मंसिर ९ र १० गते गर्ने भनिएको प्रशिक्षण पार्टी अध्यक्ष उपेन्द्र यादवको व्यस्तताका कारण पछाडि सारिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस