सामाजिक सुरक्षा कोषले योगदानकर्ताका सन्ततिलाई औषधी उपचार सुविधा दिने  « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

सामाजिक सुरक्षा कोषले योगदानकर्ताका सन्ततिलाई औषधी उपचार सुविधा दिने 


११ मंसिर २०८०, सोमबार


काठमाडौँ। सामाजिक सुरक्षा कोषले ‘योगदानमा आधारित सामाजिक सुरक्षा योजना’ अन्तरगत आबद्ध भएका श्रमिकका सन्ततिलाई पनि उपचार सुविधा दिने तयारी अघि बढाएको छ ।

यस अघि योगदानकर्ता र योगदानकर्ताको दम्पतीलाई मात्रै उपचार सुविधा दिँदै आएको कोषले योगाकर्ताको सन्ततिलाई समेत औषधी उपचार प्रदान गर्ने गरी सुविधाको विस्तार गर्ने योजना अघि सारेको कोषले जनाएको छ ।

सुरुमा कोषले योगदानकर्ताको मात्रै औषधी उपचार खर्च व्यहोर्दै आएकोमा कार्यविधिको तेस्रो संशोधनमार्फत यस अघि नै योगदानकर्ताको पति वा पत्नीकोसमेतको उपचार सुविधा व्यहोर्ने र योगदानकर्ताको घातक रोगको दश लाखसम्मको उपचार खर्च कोषले भुक्तानी गर्ने गरी सुविधा थप गरिसकेको छ ।

औपचारिक क्षेत्रका लागि सञ्चालित: सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ समय अनुसार संशोधन गर्दै कोषले दिइरहेका सुविधालाई पनि योगदानकर्तामैत्री बनाउँदै लगिएको कोषले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस