क्रिकेटर अविनाश बोहराले गरे ‘इन्गेजमेन्ट’ « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

क्रिकेटर अविनाश बोहराले गरे ‘इन्गेजमेन्ट’


११ मंसिर २०८०, सोमबार


काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका बलर अविनाश बोहराले ‘इन्गेजमेन्ट’ गरेका छन् । २६ वर्षीय मध्यम तेज गतिका बलर अविनाशले सोमबार प्रतिज्ञा खनालसँग ‘इन्गेजमेन्ट’ गरेका हुन् ।

अविनाश राष्ट्रिय टोलीका प्रभावशाली बलर हुन् । उनले नेपाली राष्ट्रिय टोलीबाट ४८ वटा टी-२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेर ६४ विकेट लिइसकेका छन् । उनले टी-२० अन्तर्राष्ट्रिय प्रतियोगिताको एउटै खेलमा केवल ११ रन दिएर ६ विकेट लिएका छन् ।

अविनाशले देशका लागि दुईवटा एक दिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खेलेका छन् । उनले सन् २०२० को फेब्रुअरी ५ मा कीर्तिपुर मैदानमा ओमानविरुद्ध खेल्दै एक दिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘डेब्यू’ गरेका थिए ।

अविनाशले ‘इन्गेजमेन्ट’ गरेको समाचार बाहिरिएपछि समर्थकहरूलाई सामाजिक सञ्जालमार्फत उनलाई बधाई दिएका छन् । प्राप्त समाचारअनुसार, प्रतिज्ञा अस्ट्रेलियाको सिड्नीमा बस्छिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस