प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जम्मा भयो पौने १९ करोड « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जम्मा भयो पौने १९ करोड


११ मंसिर २०८०, सोमबार


काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १८ करोड ८० लाख ११ हजार १८७ रुपैयाँ जम्मा भएको छ ।

जाजरकोट भूकम्प प्रभावितका निम्ति सो रकम जम्मा भएको हो ।

गएको कात्तिक १८ देखि मङ्सिर १० गतेसम्म विभिन्न सङ्घसंस्था र व्यक्तिले कोषमा उक्त रकम जम्मा गरेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । कोषमा हालसम्म ७१ भन्दा बढी सङ्घसंस्था र व्यक्तिले रकम जम्मा गरिसकेका बताइको छ ।

कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पका कारण जाजरकोट, रुकुम पश्चिमलगायत १३ जिल्लामा ६२ हजारभन्दा बढी घरमा क्षति भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस