दुर्गा प्रसाईँको समूह र प्रहरीबीच झडप  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

दुर्गा प्रसाईँको समूह र प्रहरीबीच झडप 


७ मंसिर २०८०, बिहिबार


काठमाडौँ । काठमाडौँको बल्खुमा प्रदर्शनरत दुर्गा प्रसाईँको समूह र प्रहरीबीच झडप भएको छ ।

बल्खुमा चक्रपथमा प्रदर्शन गरिरहेकाहरु प्रहरी घेरा तोडेर कालीमाटीतर्फ जान खोजेपछि प्रहरीले बल प्रयोग गरेर अश्रुग्याँस र पानीको फोहोरा हानेको छ ।

प्रहरी बल प्रयोग गरेपछि प्रदर्शनकारीले प्रहरीतर्फ इट्टा र ढुङ्गा हानेका छन् । प्रदर्शन स्थलमा दुर्गा प्रसाईँले सम्बोधन गरेपछि एक व्यक्तिले मञ्चबाटै निषेधित क्षेत्र तोडेर त्रिपुरेश्वरतर्फ जाने घोषणा गरेका थिए ।

त्यसपछि प्रदर्शनकारीको समूह बल्खु चोकबाट कालिमाटी हुँदै त्रिपुरेश्वर आउने सडकतर्फ अघि बढेपछि प्रहरीले बल प्रयोग गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस