बल्खुमा तनाव : प्रहरीले हान्यो अश्रुग्याँस र पानीको फोहोरा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बल्खुमा तनाव : प्रहरीले हान्यो अश्रुग्याँस र पानीको फोहोरा


७ मंसिर २०८०, बिहिबार


काठमाडौँ । काठमाडौँको बल्खुमा दुर्गा प्रसाईँ समूह र प्रहरीबीच झडप भएको छ । बल्खुमा चक्रपथमा प्रदर्शन गरिरहेकाहरू प्रहरी घेरा तोडेर कालीमाटीतर्फ जान खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो ।

प्रदर्शन स्थलमा दुर्गा प्रसाईँले सम्बोधन गरेपछि एक व्यक्तिले मञ्चबाटै निषेधित क्षेत्र तोडेर त्रिपुरेश्वरतर्फ जाने घोषणा गरेका थिए । त्यसपछि प्रदर्शनकारीको समूह बल्खु चोकबाट कालिमाटी हुँदै त्रिपुरेश्वर आउने सडकतर्फ अघि बढेपछि प्रहरीले बल प्रयोग गरेको हो ।

प्रदर्शनकारीलाई लखेट्न प्रहरीले अश्रुग्याँस र पानीको फोहोरा हानेको छ । प्रदर्शनकारीले प्रहरीतर्फ इट्टा र ढुङ्गा हानेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस