केही दिनभित्रै प्रहरी समायोजन ऐन कार्यान्वयनमा आउँछः प्रधानमन्त्री ‘प्रचण्ड’ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

केही दिनभित्रै प्रहरी समायोजन ऐन कार्यान्वयनमा आउँछः प्रधानमन्त्री ‘प्रचण्ड’


१ मंसिर २०८०, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रहरी समायोजन ऐन केही दिनभित्रै कार्यान्वयनमा आउने बताएका छन्।

तनहुँमा आँबुखैरेनी अस्पताल उद्घाटन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रदेश सरकारको पनि प्रहरी हुने व्यवस्था गरिएको प्रहरी समायोजन ऐन केदी दिनभित्र कार्यान्वयनमा आउने बताएका हुन्।

‘सेना र प्रहरी नभएसम्म प्रदेश सरकारले कसरी ल एन्ड अर्डर मेन्टेन गर्छ, अब प्रदेश सरकारसँग लाठी हुनेछ,’ प्रधानमन्त्री प्रचण्डले भने। त्यसका लागि आफूले सुरक्षा निकायका प्रमुखहरू र गृह मन्त्रीसँग तीन/चार दिनदेखि प्रधानमन्त्रीको कार्यालयमा लगातार छलफल गरिरहेको प्रधानमन्त्री ‘प्रचण्ड’ले बताए। उनले प्रदेश शक्तिशाली बन्न प्रहरी समायोजन ऐन, संघीयन निजामती ऐन र संघीय शिक्षा ऐन गरी तीनवटा ऐन अपरिहार्य रहेको बताए।

‘संघीय निजामति ऐन धेरै मेहनत गरेर बनाइएको छ। गठबन्धनभित्र सहमति गराउने आफैँमा चुनौतीपूर्ण काम थियो। सहमति भएको छ। क्याबिनेटबाट पास पनि भएको छ अब सदनभित्र लगेर त्यसलाई पारित गर्ने हो,’ प्रधानमन्त्री’प्रचण्ड’ले भने। संघीय शिक्षा ऐन सदनमा पुगेको प्रधानमन्त्रीले जानकारी गराए। उक्त ऐन समितिमा छलफलमा पुगेको र परिमार्जनसहित पारित गर्ने कोशिस भएको उनले बताए।

तीनवटै ऐन टुङ्गिएर प्रदेश सरकार शक्तिशाली हुने बित्तिकै सिंहदरबार घरदैलोमा आएको जनताले प्रत्यक्ष रूपमा थाहा पाउने प्रधानमन्त्रीले बताए। तर, हिजो गणतन्त्र मन नपराउनेहरू तिनै तत्वहरूले यस्ता ऐन बनाउने कार्यमा वाधा पुर्‍याउने र गणतन्त्रविरूद्ध भ्रम फैलाउने काम गरिरहेकाले सचेत हुन जरुरी रहेको प्रधानमन्त्री ‘प्रचण्ड’को भनाइ छ।

Tags :
प्रतिक्रिया दिनुहोस