‘चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ’ « प्रशासन
Logo २५ आश्विन २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

‘चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ’


२७ कार्तिक २०८०, सोमबार


धुलिखेल । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन छिट्टै संशोधन गरिने बताएका छन् ।

काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका-१० चण्डेनीमण्डन स्वास्थ्य चौकी भवनको उद्घाटन गर्दै उनले आफ्नै मुलुकमा चिकित्सक र नर्स बन्न धेरै रकम तिरेर विदेश जान नपर्ने अवस्था सिर्जना गरिने बताए ।

“वर्षीदेखि रोकिएको काम अब सुरु गर्छौँ”, मन्त्री बस्नेतले भने- “पढाइसँगै रोजगारीको व्यवस्था पनि यहीँ गर्छौँ ।” एकातिर गाउँमा महिला स्वास्थ्य स्वयंसेविका सधैँभरि स्वयंसेवी भएर बस्नुपरेको र अर्कोतिर लाखौँ रुपैयाँ खर्च गरेर पढेका चिकित्सक र नर्स विदेश पलायन भइरहेको अवस्थामा सरकारले त्यसलाई व्यवस्थित गर्ने उनले बताए । वर्तमान अवस्थामा मुलुकमा ४८ हजार नर्स र पाँच हजार चिकित्सक आवश्यक रहेको मन्त्री बस्नेतको भनाइ थियो ।

“हालसम्म ३१ हजार नर्स र झण्डै एक हजार मात्र चिकित्सकको दरबन्दी रहेको छ”, उनले भने । सो अवसरमा मन्त्री बस्नेतले स्वास्थ्य चौकीका लागि आवश्यक पर्ने उपकरण दुई महिनाभित्रमा उपलब्ध गराउने बताए ।

कार्यक्रममा मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइबाले विकट बस्तीका नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउन चण्डेनीमण्डनको चण्डेनीडाँडा र ज्याम्दीको रामपुरमा स्वास्थ्य केन्द्र स्थापना गरी भवन, स्वास्थ्यकर्मी र औषधीको व्यवस्थापन नगरपालिकाले गर्दै आएको बताए । जोगिटारस्थित स्वास्थ्य चौकीलाई प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा स्तरोन्नति गरी आवश्यक दरबन्दी र उपकरण व्यवस्थापन गर्न उनले मन्त्री बस्नेतसित आग्रह गरे ।

नगरपालिकाका उपप्रमुख विष्णुमणि नेपालले भूकम्पपछि स्वास्थ्य चौकी भवन जीर्ण भएपछि कोरियाको रेडक्रसको सहयोगमा निर्माण गरिएका दुई भवनबाट सेवा दिँदै आएकामा अहिले भारत सरकारको सहयोगमा नयाँ सुविधा सम्पन्न भवन निर्माण गर्न सफल भएको बताए । सो अवसरमा भवन निर्माणका लागि आवश्यक पर्ने जग्गा दान गर्ने विष्णुमणि नेपाल, पीताम्बर नेपाल र रामप्रसाद नेपाललाई दोसल्ला ओढाएर सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस