राष्ट्रपति पौडेलले गरे गाई पूजा  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राष्ट्रपति पौडेलले गरे गाई पूजा 


२७ कार्तिक २०८०, सोमबार


काठमाडौँ ।  कार्तिक कृष्ण औँसीका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान गाईको पूजा गरेका  छन् । 

यमपञ्चकको तेस्रो दिन परेको गाई तिहारे औँसीमा गाईलाई देवी लक्ष्मीको प्रतीक स्वरूप विधि विधान सहित पूजा गर्ने परम्परा चलिआएको छ। राष्ट्रपति पौडेलले शीतल निवासमा गाईको पूजा गरेपछि गाईलाई भोजन गराए। 

श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षासूत्र (डोरो) गाई तिहारकै दिन गाईको पुच्छरमा बाँधिदिने चलन छ। यसो गर्दा मृत्युपछि ‘वैतरणी’ पार गर्न सहज हुने लोक विश्वास छ । 

गाईलाई आमा सरह मानेर हिन्दुहरूले पुज्ने गर्दछन्। गाई नेपालको राष्ट्रिय जनावर पनि हो। 

Tags :
प्रतिक्रिया दिनुहोस