‘फोटो भिडिओ एडिट गरेर चरित्र हत्या गर्नेलाई अधिकतम कारबाही हुनुपर्छ’ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

‘फोटो भिडिओ एडिट गरेर चरित्र हत्या गर्नेलाई अधिकतम कारबाही हुनुपर्छ’


२३ कार्तिक २०८०, बिहिबार


काठमाडौँ । नेकपा एमालेका युवा नेता महेश बस्नेतले प्रहरीको साइबर ब्युरोले पक्राउ गरेका युट्युवर मनोज मानव आपराधिक गिरोहका मुख्य योजनाकार भएको बताएका छन् ।

मनोज पक्राउपछि बस्नेतले सामाजिक सञ्जालमा लामो स्ट्याटस लेख्दै मनोज बार्गेनिङ गर्ने गिरोहको मुख्य योजनाकार रहेको उल्लेख गरेका छन् । केही दिनअघि बस्नेतलाई जोडेर एउटा आपत्तिजनक भिडिओ सार्वजनिक भएको थियो । बस्नेतले अरूको फोटो भिडिओ एडिट गरेर चरित्र हत्या गर्नेलाई अधिकतम कारबाही हुनुपर्ने माग गरेका छन् ।

यता ब्युरोले भने कसका उजुरीका आधारमा मनोजलाई पक्राउ गरिएको भन्नेबारे केही उल्लेख गरेको छैन ।

विभिन्न व्यक्तिको चरित्र हत्या गरेको आरोपमा मनोजलाई पक्राउ गरिएको साइबर ब्युरोले जनाएको छ । मनोज स्टार अनलाइन टिभीका सञ्चालक हुन् । तारा बरालले केही दिनअघि मनोजलाई थुकेकी थिइन् ।

पूर्वआईजीपी रणबहादुर चन्द र आफू बसिरहेको रेस्टुरेन्टमा प्रवेश गरेपछि मनोजलाई ताराले थप्पडसमेत हानेकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस