रेशम चौधरीविरुद्धको मुद्दाको सुनुवाइ स्थगित « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

रेशम चौधरीविरुद्धको मुद्दाको सुनुवाइ स्थगित


२३ कार्तिक २०८०, बिहिबार


काठमाडौँ । रेशम चौधरीको कैद माफी मिनाहा गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनको सुनुवाइ स्थगित भएको छ ।

निवेदन सुनुवाइका लागि बिहीबार पालो तोकिएकोमा सर्वोच्च अदालत प्रशासनबाटै सुनुवाइ स्थगित भएको हो ।

टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय पाएका नागरिक उन्मुक्ति पार्टीका संस्थापक एवं पूर्व सांसद चौधरीलाई राष्ट्रपतिले ३ जेठ, २०८० मा संविधान दिवसको अवसरमा माफी मिनाहा दिएका थिए । उक्त निर्णयविरुद्ध शारदा कडायतले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस