विश्वकप क्रिकेट : पाकिस्तानले न्युजिल्याण्डलाई हरायो « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

विश्वकप क्रिकेट : पाकिस्तानले न्युजिल्याण्डलाई हरायो


१८ कार्तिक २०८०, शनिबार


काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले न्युजिल्याण्डलाई २१ रनले हराएको छ । न्युजिल्याण्डले सुरुमा ४ सय २ रनको लक्ष्य दिए पनि पानी परेर खेल प्रभावित भएपछि पाकिस्तानले ४१ ओभरमा ३ सय ४२ रनको लक्ष्य पाएको थियो ।

पाकिस्तानले २५ ओभर ३ बलमा एक विकेट गुमाएर २ सय रन रन बनाएको अवस्थामा पानी परेपछि खेल फेरि रोकियो । पानी नरोकिएपछि डिएल पद्धतिका आधारमा पाकिस्तानले २१ रनले विजयी भयो ।

पाकिस्तानका फखर जामानले शतक प्रहार गरे । जमान एक सय २६ र बाबर आजम ६६ रनमा नटआउट रहे । त्यसअघि बेंग्लोरमा टस हारेर पहिला ब्याटिङ थालेको न्युजिल्याण्डले ५० ओभरमा ६ विकेट गुमाएर ४ सय १ रन बनायो । उसका लागि रचिन रविन्द्रले १ सय ८ रन र  केन विलियम्सनले ९५ रन बनाए ।

बलिङतर्फ पाकिस्तानका मोहम्मद वासिमले तीन विकेट लिए । आठ खेलमा ८ अङ्कका साथ न्युजिल्याण्ड तालिकाको चौथो र समान खेलमा ८ अङ्क रहेको पाकिस्तान रन रेटका आधारमा पाँचौँ स्थानमा छ । सेमिफाइनलमा पुग्न पाकिस्तानले अन्तिम खेलमा इंग्ल्याण्डलाई हराउनैपर्नेछ, साथै अरुको नतिजामा पनि भर पर्नुपर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस