क्यानले भूकम्पपीडितलाई आर्थिक सहयोग गर्ने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

क्यानले भूकम्पपीडितलाई आर्थिक सहयोग गर्ने


१८ कार्तिक २०८०, शनिबार


काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई आर्थिक सहयोग गर्ने भएको छ ।

क्यानले आइसीसी विश्वकप टी-२० को एसिया छनोटअन्तर्गत आइतबार हुने फाइनल खेलको टिकट बिक्रीबाट उठेको रकमको ५० प्रतिशत भूकम्पपीडितको सहयोगार्थ प्रदान गर्ने भएको छ ।

क्यानले आज विज्ञप्ती जारी गर्दै आइतबार नेपाल र ओमानबीच त्रिभुवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा हुने फाइलन खेलको टिकट बिक्रीबाट उठेको रकमको आधा रकम भूकम्पपीडितलाई सहयोग गर्ने निर्णय गरेको हो ।

क्यानले भूकम्पबाट ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

गए राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका-१, रामीडाँडा केन्द्र विन्दु भइ ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस