भूकम्पले घर भत्काएका ठाउँबाहेक अन्य क्षेत्रमा बिजुली सेवा फेरि सुरु « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

भूकम्पले घर भत्काएका ठाउँबाहेक अन्य क्षेत्रमा बिजुली सेवा फेरि सुरु


१८ कार्तिक २०८०, शनिबार


काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जाजरकोट र रुकुमपश्चिममा भूकम्पले घर भत्काएको ठाउँमाबाहेक अन्य स्थानमा विद्युत् वितरण फेरि सुरु गरेको छ । भूकम्पका कारण पोल तथा लाइनहरूमा क्षति पुग्दा त्यस क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको थियो । प्राधिकरणबाट खटिएको टोलीले लाइन तथा पोलहरूको मर्मत सम्भार गरी बिहान १० बजेपछि विद्युत् सुचारु गरेको हो ।

प्राधिकरण कर्णाली प्रादेशिक कार्यालय, सुर्खेतका प्रमुख शम्भु कुसियत यादवले सुरुमा अस्पतालहरूको लाइन सुचारु गरिएको बताए । यादवले घरहरू भत्किएको ठाउँमा उद्धार कार्य जारी रहेको र यस्तो अवस्थामा विद्युत् लाइन दिँदा थप दुर्घटना हुने भएकाले त्यहाँ आपूर्ति बन्द गरिएको उल्लेख गरे ।

उनले धेरै घर भत्किएको क्षेत्रमा मात्र लाइन काटिएको र अन्य स्थानमा विद्युत् नियमित रूपमा आपूर्ति भइरहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस