घाइतेको उद्धार प्रधानमन्त्री चढेकै हेलिकप्टरमा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

घाइतेको उद्धार प्रधानमन्त्री चढेकै हेलिकप्टरमा


१८ कार्तिक २०८०, शनिबार


काठमाडौँ । जाजरकोट भूकम्पमा परी घाइते भएका ७ जना घाइतेलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चढेकै हेलिकप्टरबाट सुर्खेतसम्म लगिएको छ।

शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पको क्षतिको अवलोकन गर्न प्रधानमन्त्री दाहाल शनिबार बिहान हेलिकप्टरबाट त्यहाँ पुगेका थिए।

उनी चढेकै हेलिकप्टरमा जाजरकोट नलगाडका ७ जना घाइते र उनीहरूका आफन्तलाई सुर्खेत ल्याइएको हो।

प्रधानमन्त्री दाहाल हेलिकप्टरलाई भूकम्प प्रभावित क्षेत्रमै छाडेर नियमित जहाजमा काठमाडौँ फर्कने उनको सचिवालयले जानकारी दिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस