कोशीमा माओवादीका उप्रेती र एकीकृत समाजवादीका जगेबु मन्त्री नियुक्त « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

कोशीमा माओवादीका उप्रेती र एकीकृत समाजवादीका जगेबु मन्त्री नियुक्त


१७ कार्तिक २०८०, शुक्रबार


काठमाडौँ । कोशी प्रदेश मुख्यमन्त्री केदार कार्कीले नेकपा (माओवादी केन्द्र)का गणेश उप्रेती र नेकपा (एकीकृत समाजवादी)का कमलप्रसाद जगेबुलाई मन्त्रीमा नियुक्त गरेका छन् । 

मुख्यमन्त्री बनाउन भूमिका खेलेको नेकपा एमालेको विरोधका बाबजुद कार्कीले माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरु उप्रेती र जगेबुलाई मन्त्री बनाउने निर्णय गरेका हुन् ।

एमालेले आफू र काँग्रेसका संसद्लाई मात्रै मन्त्री बनाउनु पर्ने धारणा राख्दै आएको थियो । मुख्यमन्त्री कार्कीले नयाँ सरकार बनेको २० दिन भइसकेको र गठबन्धनका सबै तर्फबाट सबैलाई समेट्ने दबाब रहेको जवाफ दिएका थिए ।

एमालेले काँग्रेस बाहेकका अन्य दललाई सरकार सहभागी गराए सरकारबाट बाहिरिने चेतावनी दिएको थियो । कार्की नेतृत्वको सरकारमा एमालेको प्रदेश सभाको उपनेता राम राना मन्त्री छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस