नेप्से परिसूचकमा दोहोरो अङ्कले गिरावट « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

नेप्से परिसूचकमा दोहोरो अङ्कले गिरावट


१४ कार्तिक २०८०, मंगलबार


काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ ।

आज नेप्से परिसूचक १४ दशमलव २९ अङ्कले घटेर एक हजार आठ सय ६४ दशमलव ४० को बिन्दुमा पुगेको हो ।

आज दुई सय ८६ कम्पनीको २२ लाख ५८ हजार एक सय ८७ कित्ता शेयर २५ हजार छ सय २५ पटक खरिदबिक्री हुँदा रू. ५७ करोड १४ लाख ८३ हजार दुई सय ७६ बराबरको कारोबार भएको छ ।

सबै समूहको उपसूचक रातो देखिएका छन् । सबैभन्दा धेरै जीवन बीमा समूह एक दशमलव ४६ र लघुवित्त समूह शून्य दशमलव ८४ प्रतिशतले घटेको छ ।

आज सबैभन्दा धेरै माहुली लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य छ दशमलव ०५ प्रतिशतले बढेको छ ।

सबैभन्दा धेरै घटनेमा सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको शेयर मूल्यमा नौ दशमलव ९८ प्रतिशतले गिरावट देखिएको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सुर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको रू. एक करोड ७० लाख ११ हजार चार सय ७८ बराबरको कारोबार भएको छ ।

कारोबार भएका शेयर संख्याका आधारमा भने प्रभु स्मार्ट फन्डको सबैभन्दा धेरै एक लाख १७ हजार तीन सय कित्ता शेयर किनबेच भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस